नियम ६६ङ
समन्वय समिति
(१) भन्सार जाँचपास प्रक्रियालाई सहज एवं सरलीकरण गर्न र समन्वयात्मक रुपमा भन्सार, व्यवस्थापन गर्नको लागि देहाय बमोजिमको एक समन्वय समिति रहनेछ:-
(क) महानिर्देशक, विभाग - संयोजक
(ख) महानिर्देशक, औषधी व्यवस्था विभाग - सदस्य
(FT) महानिर्देशक, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग - सदस्य
(घ) महानिर्देशक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग –सदस्य
(ङ) महानिर्देशक, पशु सेवा विभाग - सदस्य
(च) महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग — सदस्य
(छ) महानिर्देशक, स्वास्थ्य सेवा विभाग —सदस्य
(ज) महानिर्देशक, कृषि विभाग -सदस्य
(झ) सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी नायव महानिरीक्षक स्तरको प्रतिनिधि - सदस्य
(ञ) नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षकस्तरको प्रतिनिधि - सदस्य
(ट) प्रतिनिधि, नेपाल राष्ट्र बै - सदस्य
(ट१) (संयोजकले आमन्त्रण गरेका नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध अन्य निकायका प्रमुख वा प्रतिनिधि -सदस्य
(ठ) विभागको नीति हेर्ने निर्देशक - सदस्य सचिव
(२) उपनियम (१) बमोजिमको समन्वय समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा आवश्यकता अनुसमर बस्नेछ ।
(३) संयोजकले नावश्यक ठानेमा समन्वय समितिको बैठकमा अन्य निकायका पदाधिकारी एवं व्यक्तिहरुलाई आमन्त्रण गर्न सक्नेछ ।
(४) समितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्न सक्नेछ ।